एजेन्सी ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको दुई महिना बितिसकेको छ । तर मुम्बई, बिहार पुलिस तथा सिआइबिको समूहले अझैसम्म पनि सुशान्तको दो’षीलाई पता लगाउन सकेको छैन। यद्यपि अनुसन्धान भने जारी नै छ। पुलिसले सन्दिग्ध व्यक्तिहरूसँग सोधपुछ गरिरहेको छ। यसैबीच भारतीय मिडिया क्यापिटल टिभीका अनुसार, सुशान्तका साथी तथा कोरियोग्राफर गणेशले
सुशान्तको मामिलामा केही खुलासा गरेको जानकारी दिएको छ। दिपकका अनुसार, सुशान्तको मृत्यु पहिले उनको घरमा ६ जना मानिसहरू आएका थिए। ती सबै व्यक्ति फिल्मी क्षेत्रका मात्र नभएर अन्य क्षेत्रका पनि थिए। दिपकले दावाका साथ भन्छन्, यिनै व्यक्तिले सुशान्तको ह’त्या गरेका हुन्। गणेश सिबिआइको अगाडि ती ६ जना मान्छेको नाम भन्ने छन्।
गणेशले ती ६ जना मध्ये एक जनाको मात्र नाम सार्वजनिक गरेका छन्। ती व्यक्ति हुन्, सन्दीप सिंह। सन्दीप सिंहले आफूलाई सुशान्तको नजिकको साथी र पारिवारिक साथी भन्ने गरेका छन् तर सुशान्तको परिवारमध्ये कसैले पनि सन्दीपलाई चिन्दैनन्। त्यसैले पनि सन्दीप अहिले संकाको घेरामा छन् ।








