कृष्ण बोहोरा हत्यारा आरोपी कल्पना अभिनित सर्ट मुभि (भिडियो)

१ भाद्र,काठमाण्डौ ।
काठमाडौँको गोङ्गबुमा यही साउन २५ गते रोल्पाका कृष्णबहादुर बोहराको हत्याकाण्डका रहस्यको केही पाटो सार्वजनिक भएको छ । महानगरीय प्रहरी परिसर र महानगरीय अपराध नियन्त्रण महाशाखाले गरेको प्रारम्भिक अनुसन्धानमा पूर्वी चितवनकी कल्पना मुडभरी पौडेल एक्कैलै ती पुरुषको हत्या गरेकी हुन् । शव व्यवस्थापनमा भने उनले आफ्नै छोरीलाई साथसमेत लिएको खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो । घटनाको अनुसन्धानका क्रममा चितवनको कालिका नगरपालिका–७ घर भई हाल टोखाको सोही क्षेत्रमा बस्ने ३७ वर्षीय कल्पना मुडभरी पौडेलले घटना घटाएको रहस्य खुलेको थियो । प्रहरीले साउन २६ गते नै उनलाई चितवन प्रहरीको सहयोगमा माइतीमा रहेको बेला कालिका नगरपालिका–९ शक्तिखोरबाट पक्राउ गरेको थियो ।

उनीहरु बीच तीन÷चार वर्षदेखिको फेसबुकमार्फत चिनाजान रहेको पत्ता लागेको छ । अनुसन्धानका क्रममा मृतक बोहराले अभियुक्तको फोटो राखी नक्कली फेसबुक आइडी बनाएर चलाउने गरेको र महिलालाई आफु अनुकूल हिंड्नका लागि दवाव दिने गरेको खुल्न आएको एसएसपी थापाले बताउनुभयो । उहाँका अनुसार छोरीलाई समेत उनले आँखा लगाउने गरेका थिए । तर, ह त्यामा त्यती मात्रै कारण भन्नेमा प्रहरी ढुक छैन । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ ।

घटना भएको दिन राति महिलाले आफ्नै कोठामा बोलाएर म दिरासहित दही, चिउरा मासुसमेत खान दिएको खुल्न आएको छ । दहीमा पाँच वटा निद्रा लाग्ने औषधी मिसाएर खुवाएकी थिइन् । त्यसपछि बोहरा लठ्ठिएर सुतेपछि फलामको हम्मरले अण्डकोषमा हा नेर मा रेको अ नुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि सलले बाँधी धा रिलो ह तियार प्रयोग गरी टाउको र खुट्टा छिनाइ झोलामा राखेर आफैँले फ्याँकेको महिलाले बयान दिएकी छिन् । उनले घटना स्वीकार गरेको र अन्य पाटो भने अ नुसन्धानको क्रममा रहेको एसएसपी थापाले बताउनुभयो । यसै बीच कल्पना कलाकार समेत रहेको र उनि अभिनित सरी ल नामक सर्ट मुभी चर्चामा छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।