कोरोनाले स्थगित नेपाल आइडल–३ पुनःसंचालन हुदै

२० साउन,काठमाण्डौ ।
कोरोनाका कारण रोकिएको रियालिटि शो नेपाल आइडल–३ को प्रसारण पुनःप्रसारणमा आउने भएको छ । चार महिना लामो लकडाउन खुलेसँगै रोकिएका कार्यक्रम सञ्चालनमा आउन लागेको हो ।नेपाल आइडल–३ बिहीबारबाट पुन सञ्चालन हुने भएको छ । सरकारले कोरोना सङ्क्रमणको जोखिम कम भएको भनी लकडाउन खोलेको र कार्यक्रम सञ्चालन गर्न समस्या नहुने देखिएपछि निर्माण पक्षले कार्यक्रमलाई निरन्तरता दिन लागेको हो । लकडाउनसँगै नेपाल आइडल स्थगित भएपछि प्रतिस्पर्धीलाई उनीहरूको आआफ्नै घर पुर्‍याइएको थियो । कार्यक्रम बिहिबारदेखी एपी वानएचडी टेलिभिजनबाट निरन्तर प्रशारण हुनेछ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।