अभिनेता हमाललाई शोक

७ साउन,काठमाण्डौ ।
अभिनेता राजेश हमाललाई पारिवारिक शोक परेको छ । उनका आफ्नै भाई राकेश हमालको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको हो । उनको कलेजोमा गम्भिर समस्या देखिएपछि केही दिनअघि चार्टर्ड प्लेन मार्फत् नयाँ दिल्ली लगेर उपचार गरिएको थियो । हमालको उपचारका क्रममा चर्चित ह्याम्स अस्पतालमा निधन भएको पारिवारिक स्रोतले बतायो ।राकेशका श्रीमती र एक छोरा र छोरी छन् । अभिनेता हमाल दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।