सुनिलको ‘झरीपरेको रात’

४ साउन,काठमाण्डौ ।
गायक सुनिल गिरीले ‘झरीपरेको रात’ बोलको गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । सोल्टीनि भनी, माया रोगै पिरतीको चर्चा सेलाउन नपाउँदै गायक गिरीले झरीकै मौसममा झरीपरेको रात बजारमा ल्याएका हुन् ।सार्बजनिक भिडियोमा सुनिललाई त्रिसला गुरुङले साथ दिएकी छिन् । सार्वजनिक गीतमा श्रेया शर्माको अभिनय रहेको छ । बिबेक बिक, अनिल के मानन्धरको संयुक्त छायांकन रहेको सार्वजनिक गीतको भिडियोको सम्पादन विबेक बिकले नै गरेका हुन् । जसको निर्देशन गायक सुनिल आँफैले गरेका हुन् । भिडियो युट्युबमा सार्बजनिक छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।