भारतकै कारण नेपालमा प्राकृतिक प्रकोप आयो : गृहमन्त्री थापा

३० असार,काठमाण्डौ ।
नेपालमा बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपले वितण्डा मच्चाउनुमा भारतीय हस्तक्षेप कारक रहेको गृहमन्त्री रामबहादुर थापाले आरोप लगाएका छन् ।संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले भने,‘भारतले आफू अनुकुल हुने गरी सीमामा बाँध बनाएको छ । जसले गर्दा नेपालमा क्षति भइरहेको छ । बाह्य हस्तक्षेपका कारण पनि नेपालमा प्रकोप बढेको छ ।’सीमामा आफ्नो मात्रै हितमा बाँध बनाउनु एक प्रकारको राजनीतिक हस्तक्षेप नै हो भन्दै थापाले नेपालले पटक पटक सीमामा बनाइएका बाँधबारे कुरा उठाए पनि भारतले नटेरेको बताए ।
सीमाका बाँधबारे समस्या समाधान गर्न पटक–पटक प्राविधिक कार्यदल गठन गरिए पनि सुझाव कार्यान्वयन हुन नसकेको भन्दै गृहमन्त्री थापाले नेपालमा प्राकृतिकभन्दा मानवीय कारणले विपत्ति निम्तिएको जिकिर गरेका छन् ।

अवैज्ञानिक विकास विपत्तिको मुख्य कारण हो भन्दै उहाँले राज्यले बनाएको कानुन प्रभावकारी कार्यान्वयन हुन नसकेको उल्लेख गरे । सिन्धुपाल्चोकमा अव्यवस्थित बस्तीका कारण ठूलो क्षति भएको भन्दै उहाँले बस्तीहरुलाई व्यवस्थित पार्नेुपर्ने बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।