२९ असार,काठमाण्डौ ।
प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीय एक बालिकाको अश्लिल भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एकजनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लिल भिडियो बनाएर ब्लुसंसार डटकम नामको पोर्न वेबसाइटमा राख्ने काठमाडौँ गोँगबु बस्ने २३ वर्षीय सुरज श्रेष्ठलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
ब्युरोका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले श्रेष्ठले साइबर अपराध गरेर अश्लिल भिडियो पोर्न वेबसाइटमा राखेकाले पक्राउ गरिएको जानकारी दिए ।पक्राउ श्रेष्ठलाई काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोवार ऐन, २०६३ को परिच्छेद ९ को कसुरमा कारवाही गरिने ब्युरोले जनाएको छ ।







