१९ असार,काठमाण्डौ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको जुन १४ मा घरको फेनमा झु-न्डिएको अवस्थामा श-व फेला परेको थियो । तर उनका फ्यानहरु यो कुरा मान्न तयार नै छैन्न । पो-स्टमार्टम रिर्पोटपछि उनको मोबाइलको प्राथमिक फोरेन्सिक रिपोर्ट पनि सार्वजनिक भएको छ । रिर्पोटका अनुसार सुशान्तले १४ जूनमा आत्मह-त्या गर्नुअघि करिब सवा १० बजे आफ्नो मोबाइलको गुगल सर्च इन्जिनमा आफ्नै
नाम सर्च गरेका थिए।उनले मोबाइलको सर्च हिस्ट्रिमा ‘सुशान्त सिंह राजपूत’ नाम सर्च गरेको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले नाम सर्च गरेपछि खुलेका केही न्यूज पोर्टल पनि खोलेर हेरेका थिए।सुशान्त पछिल्लो केही समयदेखि मा-नसिक समस्यासँग गुज्रिरहेका थिए। उनलाई थुप्रै पटक कसैले जानीजानी उनको इमेज खराब गर्ने कोसिस गरिरहेको अनुभुती हुने गरेको उनका नजिकका साथीले बयान दिएका छन्।
पत्रिका, वेबसाइट, सोसल मिडियामा उनीबारे छापिएको खबरको विषयमा उनी धेरैजसो आफ्नो टिमसँग छलफल गर्थे।त्यस्तै बलिउड अभिनेत्री कंगना रनावतले पनि मिडियाले मर्न बाध्य पारेको उल्लेख गरेकी थिइन् ।सुशान्तको बारेमा छापिएका केहि अनावश्यक समाचारहरुलाई उनले प्रस्तुत गरेको थिइन् ।








