एजेन्सी ।
बलिउड नायक सुशान्त सिंह राजपुतको निधन पछी नातावाद र समुहवादले निक्कै चर्चा पाएको छ । यो वादको चर्चाले निर्माता करण जोहरलाई सबैभन्दा धेरै आलोचना गराएको छ । बलिउडमा परिवारवाद अगाडि बढाउनमा करणको भूमिका सबैभन्दा बढी रहेको आलोच’कहरुले बताइरहेका छन् ।हाल उनले, ट्विटरबाट धेरै बलिउडकर्मीलाई अनफलो गरिसकेका छन् भने इन्स्टाग्रामबाट
पनि कमेन्ट हटाएका छन् । भारतीय मिडियाका अनुसार विभिन्न आरोपबाट दिक्क हुँदै करणले मामीको निर्देशक स्मृती किरणलाई राजीनामा पठाएका हुन् । करणले मुम्बई एकेडेमी अफ मुभिङ इमेज अर्थात मामीबाट राजीनाम दिएका छन् । उनी यो फिल्म फेस्टिभलको बोर्ड सदस्य समेत हुन् ।
करणसँग स्मृती र नायिका दीपिका पादुकोणले राजीनामा नदिन आग्रह गरेका थिए । यो बोर्डमा विक्रमादित्य मोटवाने, सिद्धार्थ रोय कपुर, दीपिका पादुकोण, जोया अख्तर र करण जोहर छन् । करण बलिउडका कलाकारसँग पनि रिसाएको भारतीय मिडियाले जनाएका छन् । आफूमाथि निरन्तर हमला हुँदा पनि कसैले सहयोग नगरेको भन्दै करण आक्रोशित बनेका हुन् ।








