१२ असार,काठमाण्डौ ।
गायक दिपक परियारले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका छन् । गुल्मीको दबार गाउँपालिका स्थायी घर भई रुपन्देहीको तिलोत्तमा–१० कान्छीबजार बस्दै आएका उनी कोठाको सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा भेटिएपछि उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा लगिएको थियो ।
उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । कान्छीबजारमा श्रीमतीका साथ दिदीको घरमा बस्दै आएका दीपक राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान रुपन्देहीका सदस्य हुन् । उनले यहि बिहीबार मात्रै नयाँ गीत रेकर्ड गराएका थिए ।







