२ असार,काठमाण्डौ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आइतबार आत्महत्या गरे । यो घटनाले सम्पूर्ण बलिउड र उनका शुभचिन्तक त शोकमा डुबे । उनको मृत्युको पिडा सबैभन्दा भारी परेको छ उनको परिवारलाई । त्यो भन्दा बढी गाह्रो उनको परिवारलाई परिरहेको छ । उनको अन्तिम संस्कार सोमबार मुम्बईको विले पार्ले श्मशान घाटमा गरियो ।
सुशान्त सिंहको मृत्युसँगै उनको परिवारमा अर्को दुखद र अप्रिय घटना घटेको छ । राजपुतको निधनले विक्षिप्त बनेकी भाउजू सुधा देवीको पनि निधन भएको छ । भाउजू सुधा देवीले सोमवार निधनको खबर पाएकी थिइन् । विहारको पूर्णिया जिल्लास्थित पैतृक गाउँमा बस्दै आएकी उनी यो खबर सुन्नासाथ विक्षिप्त भइन् । उनी डिप्रेसनमा गइन् । खाना पानी सबै छाडेकी उनले सोमवार अपराह्न प्राण त्यागिन् । जति बेला मुम्बईमा सुशान्तको दाहसंस्कार हुँदै थियो ।
सुशान्तको पैतृक गाउँ पूर्णिया जिल्लाको मलहीहामा पर्छ । भाउजू काकाको छोरा (दाइ)की श्रीमती हुन् । उनको मृत्यु सुशान्तको दाहसंस्कार हुने क्रममा भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।








