नेपालमा कोरोना संक्रमणबाट थप दुईको मृत्यु

३१ जेठ,काठमाण्डौ ।
नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । पर्साका २५ वर्षीय पुरुष र बाराका ५ वर्षीय बालकको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ । साथै थप २७३ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यो सगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।