२८ जेठ, अर्घाखाँची ।
मालारानी गाउँपालिका वडा नम्बर ४ मा रहेको सार्वजनिक आधारभूत विद्यालयमा भारतको महाराष्ट्र मुंबईबाट आएर क्वारेन्टिनमा बसेका ५७ वर्षका एक पुरूषको मृत्यु भएको छ । दम रोगबाट ग्रस्त उनको आज बुधबार मृत्यु भएको हो । दम रोगले धेरै च्यापेपछि उनलाई मंगलवार एम्बुलेन्सबाट उपचार गर्न बुटवल पठाएको थियो ।
उपचार गराएर फर्कँदै गर्दा ठाडा कोन्द्रेखोलामा उनको ज्यान गएको हो । मृतकको पीसीआर परीक्षणका लागि जेठ २३ गते स्वाब संकलन गरी प्रादेशिक प्रयोगशाला भैरहवा पठाईएको र नतिजा आउन बाँकी रहेको जनस्वास्थ्य अधिकृत गणेशराज पौडेलले जानाकारी दिए ।






