२० जेठ,काठमाण्डौ ।
नेपाल एयरलाइन्सले आफ्नो दुई वटा न्यारोबडी ए-३२० तथा एक वाइडबडी ए-३३० जहाज मार्फत् सोमबार राति ५८२ यात्रुलाई तीन वटा उडानमा हङकङ उडाएको छ । यात्रुहरु उनीहरु केही हङकङेली र अधिकांश हङकङवासी नेपालीहरु छन् । निगमको दुई न्यारोबडी तथा एक वाइडबडी जहाजबाट एक-एक घण्टाको अन्तरालमा हङकङ उडान भरेको निगमले जनाएको छ ।
निगमको पछिल्लो उडान गए राति ११ बजे भएको थियो ।नेपालमा बन्दाबन्दीका कारण रोकिएका हङकङमा बसोबास गर्ने नेपाली हङकङ फर्किएको निगमले जनाएको छ । निगमकी प्रवक्ता अर्चना खड्काले दुई न्यारोबडी जहाजले समान १५५ र एक वाइडबडी जहाजले २७२ गरी ५८२ यात्रु लिएर हङकङ उडेको जानकारी दिइन् ।
उनले तीनवटै उडानका जहाज हङकङ पुगेर नेपालतर्फ उडान भरिसकेकाले दिउँसो काठमाडौं आइपुग्नेछन् । काठमाडौं-हङकङ गन्तव्यको उडान साढे चार घण्टाको रहेको छ । तीमध्ये वाइडबडी जहाज भर्खरै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।
गन्तव्यमा निगमले एकैपटक यति धेरै यात्रु उडाएको पहिलोपटक हो । नेपाल एयरलाइन्सले हङकङ गन्तव्यमा थप दुई चार्टर्ड उडान गर्दैछ । आगामी जेठ २१, २२ र २३ गते (जुन ३, ४ र ५ तारिख) मा हङकङका लागि चार्टर्ड उडान तालिका रहेको निगमका प्रवक्ता खड्काले बताइन् ।







