१४ जेठ,काठमाण्डौ ।
चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीगाउँमा शनिबार राती गते भएको घटनाको सत्यतथ्य अध्ययन गर्न अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को नेतृत्वमा मानव अधिकारकर्मी सम्मिलित पाँच सदस्यीय टोली मंगलबार घटनास्थल पुगेका छन् । जाजरकोट जिल्ला भेरी नपा–४ का २१ वर्षीय नवराज विश्वकर्मा, सोही ठाउँका १७ वर्षीय गणेश विएम र रुकुम जिल्ला चौरजहारी नपा–१ का २०
वर्षीय टिकाराम विश्वकर्माको शव फेला परेको र अरु तीन जना व्यक्ति सम्पर्कमा नआएको भनिएको घटनाको सत्य तथ्य सङ्कलन गर्न उक्त टोली घटनास्थल लागेको इन्सेक कर्णाली प्रदेश कार्यालयका संयोजक नारायण सुवेदीले जानकारी दिएका छन् ।






