चौरजहारी घटना : युवाको हत्या आरोपमा वडाध्यक्ष सहित १२ जना पक्राउ

१३ जेठ,जाजरकोट ।
आफ्नी प्रेमीकालाई लिन गएका युबालाई रुकुम पश्चिम चौरजहारी नगरपालिका ८ सोतीमा कुटपिट गरि हत्या गरेको आरोपमा चौरहजारी ८ का वडाध्यक्ष डम्बर मल्लसहित १२ जना पक्राउ परेका छन् । शनिबार साँझ प्रेमी नबराज बिक सहित १९ जना उनको प्रेमीकाको घर गएका थिए र उनीहरु स्थानीयहरुको झडपमा परेका थिए । बेहुली (प्रेमीका) लिन गएकाहरु मध्ये तीन जना युवाको शवफेला परेको छ भने चार जना बेपता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।सोतीमा गाउँलेहरुको आक्रमणमा परेका मध्ये भेरी नगरपालिका–४ नवराज विक र चौरजहारी नगरपालिका–१ टीकाराम सुनार र भेरी नगरपालिका–४ गणेश बुढाको शव फेला परेको छ ।

सुनार र विकको शव आइतबार भेटिएको थियो भने गणेशको सोमबार भेटिएको छ ।भेरी नगरपालिकाका सञ्जु विक, गोविन्द शाही, लोकेन्द्र सुनार र गोपाल बुढाथोकी शनिबारदेखि बेपत्ता छन् । तस्बिरःभेरी नदी जहाँ शब भेटिएका थिए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।