५ जेठ,काठमाण्डौ ।
बलिउड अभिनेत्री अनुष्का शर्माद्वारा निर्मित भारतीय टिभि सिरियल ‘पाताल लोक’मा नेपाली महिलाको अपमान हुने गरी भएको ‘तुच्छ गाली’ को दृश्यका विषयमा नेपाली कलाकार सहितका महिलाहरुले आपत्ति जनाएका छन् ।कलाकारले सामाजिक संजाल मार्फत ‘नेपाली रडी’ शब्दको विषयमा विरोध प्रकट गरेका हुन् ।नेपाली नयाँ-पुराना महिला कलाकार लगायत बिभिन्न पेशामा
आबद्द महिलाहरुले समेत अनुष्का शर्माको आलोचना गर्दै माफि माग्न अनुरोध गरेका छन् ।सिरियलमा प्रयोग भएको शब्दले सम्पूर्ण नेपाली महिलाको मन दुखेको नेपाली महिला कलाकारहरुले बताएका छन् । ‘अमेजन प्राइमको ‘पाताल लोक’ सिरिजमा नेपाली महिलालाई लिएर जुन अपशब्द प्रयोग भयो, त्यसले सम्पूर्ण नेपालीको मन दुखेको छ’ अभिनेत्री ऋचा शर्माले लेखेकी छिन् । सामाजिक संजालमा सर्बसाधारण महिला देखी कलाकारहरुले यस्को बिरोध गर्दै आम माफिको आग्रर गर्दा महिला अधिकारबादीहरु भने मौन देखिएका छन् ।







