‘कोही भोकै बस्नु पर्दैन, भोकले कोही मर्दैन’ : राष्ट्रपति

३ जेठ,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा अब गरिबीको कारणले कोही भोकै नमर्ने बताउनुभएको छ । शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको तर्फबाट आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति भण्डारीले गरिबीको कारणले कोही भोकले नमर्ने र भोकै नपर्ने बताउनु भएको हो ।उहाँले निति कार्यक्रम प्रस्तुत गर्ने क्रममा गरिबी अन्त्यका लागि सरकारले रोजगारीको व्यवस्था गर्ने समेत घोषणा गर्नुभएको छ । विसं २०९९ मा नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने गरी सामाजिक र आर्थिक योजनाका कार्यक्रमहरु अगाडि बढाइने उहाँले घोषणा गर्नुभएको छ । यसैगरी २०८७ अगावै दीगो विकासका लक्ष्यहरु हासिल गर्दै मध्यम आय भएको मुलुकमा स्तरोन्नती गर्नेमा सरकार दृढ रहेको राष्ट्रपतिले उल्लेख गर्नुभयो ।

देशलाई कोरोना भाइरसमुक्त बनाउने सरकारको पहिलो प्राथमिकता भएको भन्दै राष्ट्रपति भण्डारीले यस महामारीबाट कुनै पनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिने सरकार दृढतापूर्वक लागेको बताउनु भएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।