रात्री भोजले रवि लामिछाने सहितका कलाकार आलोचित

३१ बैशाख,काठमाण्डौ ।
विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमण फैलिन नदिन नेपालमा सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । अहिले लकडाउन ५० दिन भन्दा बढी भैइसक्दा नेपालमा कोरोनाको संक्रमण ब्यापक रुपमा बढ्दो क्रममा छ ।यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमित संख्या २ सय १९ जना पुगेको छ । सरकारले लकडाउनका बेला आफ्नै घर वा आफू जहाँ हो त्यहीँ रहन लकडाउनको सुरुवाती चरणैमा आग्रह गरेको थियो अहिले झनै लकडाउनलाई कडाई गरिएको छ । लकडाउनमा भेला भएर पार्टी गर्न, बजार पसल खोल्न, जथाभावी हिँड्न सरकारले प्रतिबन्ध लगाएको छ ।यसलाई ध्यानमा राख्दै आफ्नो टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा चर्चित टेलिभिजन प्रस्तोता रवि लामिछानेले भेला भएर पार्टी नगर्न, बाँचिएछ भने पछि मन लागेको खाऔँला भन्दै सबैलाई सचेत र सजग गराएका थिए । सो कार्यक्रममा रविले भनेका थिए, ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्ने गरि तङ्ग्रंग झोला हालेर खाउँ तर बाहिर नजाउँ ।

बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल अकबरे खुर्सानी टोक्दै सात थाल थपिथपी खानुहोला ।’ तर, अहिले उनै रवि लामिछानेसहित चर्चित कलाकारहरु सहभागी रात्रि भोजको तस्बिर र भिडियो सार्वजनिक भएको छ ।उक्त भोजमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु किरण केसी, दीपकराज गिरी, दीपाश्री निरौला, पूजा शर्मा, अनुराग कुँवर, युट्युबर उत्सब रसाइली लगायत सहभागी भएको देखिन्छ । सो भिडियोको क्लिपमा लालमोहन बनाउदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । रात्रि भोजमा मस्त रहेका उनीहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ भने यसबारे मिश्रित प्रतिक्रिया आइरहेका छन् ।Photo:Dilnishani Magar Facebook

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।