काठमाडौंमा लकडाउन खुकुलो बन्दै

२८ बैशाख,काठमाण्डौ ।
सरकारले लकडाउन केही खुकुलो गर्दै सशर्त बैंक तथा उद्योग व्यवसाय खोल्न दिने निर्णय गरेसँगै सो सँग सम्बन्धित यातायात तथा सवारी साधनको आवागमनलाई प्रहरी र स्थानीय प्रशासनले सहजीकरण गर्ने भएका छन् । आइतबार देखि बैंकहरु खुल्न थाले संगै काठमाण्डौ उपत्यकामा सवारी चाप बढेको छ ।कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकमा सवारी साधन चलाउन ‘टाइम कार्ड’ लागु गर्ने भएको छ । आईतवारदेखि सरकारी कार्यालयका कर्मचारीहरु बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय प्रवेश गरिसक्नुपर्ने र बेलुका ५ बजेदेखि ६ बजेसम्म घर र्फकने समय तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले वताए ।

त्यसैगरी खाद्यान्न, तरकारी तथा अत्यावश्यक खाद्य सामग्री बिहान १० बजेभित्र ढुवानी गरिसक्नुपर्ने छ भने निमाण सामाग्री बोकेका ठूला सवारीलाई बेलुका ८ बजेपछि मात्र विहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन ।photo:onlinekhabar

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।