२६ बैशाख,काठमाण्डौ ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीलाई सभामुख सापकोटाले कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य मापदण्ड अनुसार संसद्का बैठक सञ्चालनको तयारी गरिएको जानकारी गराउनुभएको थियो ।
आज अपराह्न ४ बजेदेखि शुरु हुन लागेको सङ्घीय संसद्को छैटौँ अधिवेशन तथा सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा उहाँहरुबीच छलफल भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।






