२० बैशाख,काठमाण्डौ ।
चर्चित बलिउड अभिनेता आमिर खानले यतिबेला चौतर्फि रुपमा प्रसंसा पाएका छन् । उनले भारतमा कोरोनाभाइरसका कारण लकडाउनले गर्दा खाना खान नपाएकाहरुलाई राहत बाँड्पछि उनको कामको प्रसंसा भएको हो ।उनले राहत निस्वार्थ रुपले बाँड्न जोड दिदै वास्तविक राहत चाहिनेले मात्र राहत पाउन् भन्ने सोचले राहत बितरणमा फरक तरिका अपनाए ।
राहत माग्नेहरुको संख्या अत्याधिक भएपछि उनले एक ट्रक आँटा मध्यरातमा पठाए,जस्लाई १ किलो आँटा चाहिन्छ लिन आउनु भनेपछि वास्तविक पिडितहरु मध्यरातमा पनि १ किलो आँटा लिन आए ।तब राहत लिएर घर गए,प्लाष्टिकको झोला खोल्दा पाए १५ हजार नगद । यही कामले गर्दा आमिर अहिले वाह ! वाह !को पात्र बनेका छन् । यस्तै आमिर खानले लकडाउनको बेलामा गरिव विपन्न परिवारलाई गरेको सहयोगको तरिका अहिले सामाजिक सञ्जालमा चर्चित छ ।







