१८ बैशाख,काठमाण्डौ ।
कोरोनाभाइरस (कोभिड-१९) को नयाँ संक्रमण नेपालमा पछिल्लो २४ घन्टामा नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोनाको आशंकामा गएको २४ घन्टामा १ हजार ६ सय ८२ जनाको नमुना परीक्षण भएको छ । ४ सय ८७ जनाको पिसिआर र १ हजार १ सय ९५ जनाको आरडिटीबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बताए ।
नेपालमा हालसम्म कोरोनाको आशंकामा परीक्षण हुनेको संख्या ५८ हजार ८ सय ७१ पुगेको छ । जसमध्ये १२ हजार ११ जनाको पिसिआर र ४६ हजार ८ सय ६० जनाको आरडिटीबाट परीक्षण भएको हो ।यो समचार तयार पार्दा सम्म नेपालमा ५७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भने १६ जना निको भईसकेका छन् ।






