१८ बैशाख,काठमाण्डौ ।
हाँस्यटेलिश्रृंखला भद्रगोलमा ‘तनाबै-तनाब छ गोजीमा २ रुपैया छैन’भन्ने पात्र सुबास कार्की ‘विलासे’ लाई समेत कोरोनाभाइरसको संक्रमणले सताएको छ । उनी दुई बर्ष देखी लण्डन बस्दै आएका छन् ।कोरोनाभाइरसले निकै सताएको बेलायतमा उनलाई हालै कोरोना पोजेटिभ देखिएको हो । उनी अहिले आफ्नै निवासमा सेल्फ आइसोलेसनमा बसेका छन् ।
उनले आफ्नो स्वस्थ्यमा सुधार आइरहेको जानकारी गराएका छन् ।कोरोना भाइरसको संक्रमण बढेपछि उनका साथीहरु भने नेपाल फर्किए पनि उनले बिकसित राष्ट्रमा झनै रोग नलाग्ने र लागे पनि समयमा उपचार हुने एक सामन्य तरिकाले सोच बनाएर लण्डन नै बसेको समेत प्रतिकृया दिएका छन् ।बेलायतमा २६ हजार भन्दा बढीको कोरोनाले मृत्यु भईसकेको छ । जस्मा चार दर्जनको हाराहारीमा नेपाली रहेका छन् ।







