१५ बैशाख,काठमाण्डौ ।
सामाजिक सञ्जाल फेसबुकमा धार्मिक आस्थामाथि प्रहार गर्दै सामाजिक सद्भाव खल्बलिने अभिव्यक्ति दिएको आरोपमा बुधबार राती पक्राउ परेका पूर्वसचिव भीम उपाध्याय २५ हजार धरौटीमा रिहा भएका छन् ।उनको मुद्दामा सोमबार न्यायाधीश भरतमणि खनालको इजलासले उनलाई २५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिए पछि छुटेका हुन् ।
उनलाई एक लाख जरिबाना र ५ बर्ष कैदको माग साइबर ब्युरोले गरे पनि अदालतले सो माग बिपरित निर्णय गरेको हो ।साइबर ब्युरोले गत बुधबार राति उनलाई पक्राउ गरेको थियो । यसअघि अदालतले उनलाई तीन दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको थियो ।






