राहत माग्दा कीर्तिपूरमा कुटिए बिध्यार्थी

१३ बैशाख,काठमाडौं ।
शनिबार कीर्तिपूरमा राहत मागेका विद्यार्थीमाथि अपरिचित व्यक्तिहरुले कुटपीटि गरेका छन् । विद्यार्थी ललितजंग रावलमाथि सडकमा निर्घात कुटपिट गरिएको हो । कुटपिट बाट उनी घाइते बनेका छन् ।विद्यार्थीको सुरक्षा र राहत माग्दै सडकमा निस्किएका विद्यार्थीमाथि आक्रमण भएको हो । विद्यार्थीलाई सडकमा लडाएर टाउकोमा लात्ती प्रहार गरिएको भिडियो सामाजिक सञ्जालमा समेतभाइरल भएको छ । सुरक्षा माग्दै प्रहरी वृत्त कीर्तिपुर जाँदै गर्दा विद्यार्थीहमाथि कुटपीट भएको जनता समाजवादी पार्टीका विद्यार्थी सङ्गठनका नेता रुप नारायण श्रेष्ठले बताएका छन् ।

राहत वितरणको विषयमा विवाद भएपछि विद्यार्थी नेता हेमराज थापाको सुरक्षाको माग गर्दै कीर्तिपुर चौकीमा आक्रमण गरिएको विद्यार्थीहरुले बताएका छन् ।जारी लकडाउनका बेला कीर्तिपूरमा विद्यार्थीहरुले राहत नपाएको विषयबाट विवाद सुरु भएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।