१० बैशाख,काठमाण्डौ ।
सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही मंगलबार राती पक्राउ परेका छन् । उनलाई ललिततपुर प्रहरीले उनले बाँड्दै गरेको कोरोना राहतका बिषयमा सोधपुछका लागि भन्दै पक्राउ गरेको हो ।
शाहीले नेपालका लागि नेपाली संस्था बाट चक्रपथ र ललितपुरका श्रमजिबवि र बिध्यार्थीहरुलाई राहत बाँड्दै आएको थियो ।राहत बाँड्ने क्रममा नै शाही फेसबुक लाईभमा उत्तजित भएर सरकार र सम्बन्धित ब्यक्तिहरुलाई गाली,गलौज गर्ने गरेका थिए ।
एक दिन उनले राहत बाँड्न जादै गर्दा गाडी भित्र बसेर लाईभमा पुष्पकमल दाहाल प्रचण्डको छोरी भरतपुर उपमहानगरपालिकाकी मेयर रेणु दाहाललाई समेत गाली गरेका थिए । यसै बिच उनलाई ललिपुर सिडिओले फोन गरी राहत बाँड्न रोक्न आदेश गरेको उनी आफैले लाइभमा पटक पटक भन्दै आएका छन् । तर,प्रहरीले उनलाई लकडाउन उल्लंघनको आरोपमा पक्राउ गरेको बताएको छ । उनी सुनाकोठीबाटबाट पक्राउ परेका हुन् ।






