बेमौसमी बाजा बजाउनुको तुक छैन : शर्मा

९ बैशाख,काठमाण्डौ ।
मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गरेपछि सो प्रस्तावलाई राष्ट्रपति बिध्यादेबी भण्डारीले तुरुन्तै प्रमाणित गरी अध्यादेश जारी गर्नुभयो । कानुन संसोधनको अध्यादेश पछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बेमौसमी बाजा नबजाउन आग्रह गरेका छन् । यसरी बेला न कुबेला बेमौसमी बाजा बजाउनुको कुनै तुक नभएको समेत शर्माको तर्क छ । उनले सामाजिक संजालमा प्रतिकृया दिएका हुन् ।संसारकै अहिलेको प्रमुख प्राथमिकता कोरोना भाइरस संक्रमणको महामारीमाथी विजय हासिल गर्ने भएकाले मुलुकमा अन्य विषय गौण भएको उनको तर्क छ । सबैको सम्पूर्ण सोच र शक्ति नेपाल र नेपालीको रक्षाका लागि एकतापुर्वक समर्पित हुनुपर्नेमा नेपाली कांग्रेसले जोड दिएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।