वैशाख ८,गुल्मी ।
गुल्मीको जिल्लाको चन्द्रकोट गाउँपालिका ४ शान्तिपुरको बसपार्क नजिकैको खनाल स्टोर्समा सोमबार आगलागी हुँदा पसल सञ्चालक पूर्ण खनालका १५ वर्षीय छोरा समीर खनालको मृत्यु भएको छ ।अचानक आगो लागेपछि पसल बाट बाहिर निस्कन नभ्याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरका अरु तीन सदस्य र बाहिरका दुई जना गरी पाँच जना घाइते भएका छन् । घाइतेको शरीरका विभिन्न भाग जलेको छ । घाइतेहरुलाई स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि पाल्पा पठाइएको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिए पनि आगलागीको कारण भने खुलेको छैन । फोटो : फेसबुक






