८ बैशाख,काठमाण्डौ ।
भारतबाट नेपाल छिरेका र जमातीमा कोरोनाको संक्रमण भेटिरहेका बेला भारतको बिहार बाट नेपाल फर्किएका एक वडाध्यक्षलाई समेत कोरोनाको आरडिटी परिक्षणमा एन्टिबडी पोजेटिभ देखिएको छ ।धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्षलाई एन्टीबडी पोजेटिभ देखिएको हो ।
वडाअध्यक्षको आरडिटी टेस्ट पोजेटिभ देखिएपछि स्वाब लिई पिसिआर परीक्षणका लागि दिने तयारी गरिएको प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जामुन सिंहले जानकारी दिए । उनी भारत बिहारको मधुवनीमा १ महिना बसी नेपालमा लकडाउन लागू भइसकेपछि आफ्नो गाउँ फर्केका थिए। भारतबाट फर्केको थाहा पाएपछि आफूहरुले उनलाई गत चैत २४ गते क्वारेन्टाईनमा राखिएको थियो ।






