८ बैशाख,काठमाडौं ।
नेपालमा कोरोनाभाइरसको रोकथामका लागि बैशाख १५ गते सम्म लकडाउन जारी छ । लामो समय सम्म लकडाउन हुनाले सर्बसाधारणको जनजीवन अत्यन्त प्रभाबित भएकाले १५ गते पछि लकडाउन केहि खुकुलो गर्दै निजि सवारी साधन चल्ने दिने गरी बैशाख २२ सम्मलाई लकडाउन जारी गर्ने तयारी सरकारको रहेको बुझ्नमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको जोखिमलाई तीन वर्गमा विभाजन गरेर त्यसैअनुसार लकडाउनको स्वरुपमा निर्धारण गर्ने तयारी थालेको हो।
‘यस्तै तरिकाले वैशाख १५ पछि लकडाउन जाँदैन । यसको स्वरुपमा परिवर्तन गर्नेगरी तयारी गरेका छौं,’ स्वस्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने, ‘अन्य मन्त्रालयले पनि आआफ्नै तरिकाले तयारी गरिरहेका छन् । देशभर अहिलेजस्तै लकडाउन धान्न सक्ने अवस्था छैन।’ कार्कीले बढी संक्रमण देखिएको क्षेत्र (हट स्पट) मा अहिलेको भन्दा कडा लकडाउन गर्ने र बाँकी क्षेत्रमा लकडाउन क्रमशः खुकुलो गर्दै लैजाने योजना रहेको बताए ।
जोखिम कम रहेको क्षेत्रमा निजी सवारी साधन, कलकारखाना र खेतीपाती गर्न दिने सरकारको तयारी रहेको कार्कीले बताए । सार्वजनिक यातायात चल्न नदिने तर मोटरसाइकल, कारलगायत व्यक्तिगत सवारी साधन चल्न दिनुपर्ने स्वास्थ्य मन्त्रालयको प्रस्ताव छ । जसअनुसार मोटरसाइकलमा एक जना मात्रै र कारमा चार जना मात्रै बस्न मिल्ने गरी सञ्चालन गर्न दिइनेछ ।







