७ बैशाख,काठमाण्डौ ।
शहिद लखन गाऊँपालिका ७ को सामुहिक क्वारेन्टाइनमा बसेका स्थानीयलाई सोही वडाका अध्यक्षले समय पुरा नहुदे धकेलेर निकालेको खबर सार्बजनिक भएको छ । स्थानीय एक ब्यक्तीसंग विवाद भएको बिषयलाई लिएर वडा नम्वर ७ का अध्यक्ष शरण श्रेष्ठ र ८ का अध्यक्ष काशिनाथ अंगाई मिलेर क्वारेन्टाईनमा बसेका ७ जनालाई घर पठाएका हुन् ।आफूहरु घर जान्नौं यहिँ बस्छौं भन्दा भन्दै ठेलमठेल गरेर धकेलेर बाहिर निकाले, सुरक्षाको कारण पनि यहाँ बस्न हुँदैन भनेर हामी घर आएर यहाँ पनि अलग्गै बसेका छौं, खेदिएका एक सदस्यले भने ।
शहिद स्मृतिको क्वारेन्टाइनमा अध्यक्षका कारण सुरक्षा नहुने रहेछ, आज हामी चेकजाँचका लागि नामजुङ जान लागेको उनले थप जानकारी दिए । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट जोगिन विश्वले लकडाउन, होम क्वारेन्टाइन, सामाजिक दुरी लगायतका विभिन्न उपायहरु अपनाईरहेको छ ।
विशेष गरेर विदेश तथा देश भित्रकै कुनै एक ठाउँबाट अर्को ठाउँमा आएका नागरिकहरुलाई कम्तिमा पनि १४ देखि २१ दिन क्वारेन्टाइनमा राख्ने गरिएको छ । यसलाई कोरोना रोग सर्नबाट जोगिन उत्तम उपायका रुपमा लिइन्छ । जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७ स्थित बुंकोटमा रहेको शहिद स्मृति माविमा निर्मित क्वारेन्टाइनमा बसेका नागरिकलाई अवधि नपुग्दै तीन दिनको दिन क्वारेन्टाइनमा बस्नेहरुलाई कम्तिमा पनि १४ दिन राख्नुपर्नेमा क्वारेन्टाइन व्यवस्थापन समितिका संयोजक एवं वडा नं. ७ का अध्यक्ष श्री शरण श्रेष्ठले ३ दिन नपुग्दै शनिबार क्वारेन्टाइनमा बस्ने ७ जनालाई जबरजस्ती धकेलेर घर पठाएका हुन ।







