७ बैशाख,पर्सा । पर्सा जिल्लाको मस्जिदमा लुकेका ‘जमाती’बारे सूचना दिदा स्थानीबासीमाथि नै हमला भएको छ । शनिबार बेलुकी भएको उक्त घटनामा १५ जना भन्दाबढी घाइते भएका छन् ।घाइतेमध्ये ८ जनाको अवस्था गम्भीर छ । उनीहरुको वीरगंजका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।
पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर – ९ विश्रामपुरको मौजेटोलस्थित मस्जिदमा लुकेका १२ जना जमातीमा कोरोना संक्रमण भएको भेटिएको थियो । ‘जमाती’ले स्थानीयवासीमाथि हमला गरेपछि भएको झडपमा फैयाद देवान, फतिमा खातुन, मखमुल राय भाट, बडिया राय भाट, चन्दन गुप्ता कलवार, सुनिल गुप्ता कलवार, राधेश्याम गुप्ता र सुशीला देवी घाइते भएका छन्। File Photo






