बैशाख ६, जनकपुरधाम ।
जनकपुरधामको महाविरचौक स्थित सडकमा दश रुपैया नोटका दर्जनौ नोट पैसा छरेर भागेको घटनामा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ परेका दुवैजना जनकपुरधाम उपमहानगरपालिका वडा नं. ७ निवासी मुस्लिम महिलाहरु आमुना खातुन र अलिना खातुन रहेकी छन् । उनी दुवैजना नातामा भाउजु र नन्द हुन । आज करिव अढाई बजे जानकी नगर स्थित मदरसाको पछाडिवाट उनीहरुलाई पक्राउ गरिएको छ ।
पक्राउ परे लगत्तै उनीहरुको आरडिटि परिक्षणमा परीक्षणमा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको छ । प्रादेशिक अस्पताल जनकपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जामुन प्रसाद सिंहले अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको पुष्टि गरे । उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ ।शुक्रबार जनकपुरधामको महावीर चोक स्थित पेठीया बजार जाने सडकमा रु १० को दर्जनौं नोट फालेर भागेको स्थानीयको उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाले ती दुई जनालाई शनिबार दिउँसो पक्राउ गरेको थियो । उनीहरुलाई सिसिटीभी फुटेजहरुको आधारमा प्रहरीले पक्राउ गरेको थियो ।






