चितवनको राप्तीको ८ सिल, ट्रेसिङ सुरु,छिमेकी समेत क्वारेन्टाइनमा

६ बैशाख,
चितवनको राप्ती नगरपालिकामा वार्ड नम्बर ८ ब्रम्हनगरका एक परिवारका आमा छोरामा कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण पुष्टी भएपछि अहिले सो वडा पुरै सिल गरि संक्रमितको सम्पर्कमा रहेकाहरुको ट्रेसिङ कार्य सुरु गरिएको छ ।राप्ती नगरपालिका ठुलो र मुख्य बजार खुरखुरेबाट संक्रमितको घर करिब ३ किलोमिटर उत्तरमा पर्दछ । अहिले उक्त वडामा आवातजावतमा रोक लगाउने तयारी गरेको छ । वडाका मुख्य चोक चोकमा सुरक्षाकर्मी परिचालन गर्न लागिएको राप्ती नगरपालिकाले जानकारी गराएको छ ।त्यस्तै संक्रमितहरुसँग सम्पर्कमा रहेका र आसपासका सबै छिमेकीहरुलाई समेत ब्रम्हनगर स्थित बिध्यालयमा क्वारेनटाइन राखिने भएको छ । आइतबार देखी क्वारेन्टाईन सुरु हुने बुझ्नमा आएको छ ।चितवनको कोरोना संक्रमित आमा छोरा गत चैत्र ३ गते बेलायत बाट नेपाल आएका हुन् । आमाले ब्रम्हनगर टोल-छरछिमेकमा चक्लेट बाँड्नुका साथै घरमा खसी काटेर भोज गरेको समेत चितवन स्थित गोप्य स्रोतले बताएको छ । नेपाल आएको महिना दिन पछि मात्रै कोरोना देखिएको हुनाले यो लामो अबधिमा धेरैमा कोरोना संक्रमण फैइलिएको हुन सक्ने भन्दै आज बिहान वडा कार्यालयमा सर्बदलिय बैठकबसी कार्यदल बनाइएको छ ।राप्ती नगरपालिकाकी मेयर प्रभा बरालका अनुसार चक्लेट खानेलाई समेत आजै देखी नजिकैको स्कुलमा क्वारेन्टाईनमा राखिने ब्यबस्था गरिएको छ । वडाध्यक्ष बुद्धिराज थपलियाले बेलायतबाट ल्याएको चकलेट बाँडेको र त्यो चकलेट खानेहरुलाई पनि निगरानीमा राख्नुपर्ने अवस्था आएको बताएका छन् । कोरोना संक्रमित आमा छोराको भरतपुर स्थित कोरोना विशेष अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।