३ निजी कम्पनी संग स्वास्थ्य सामग्री खरिद सम्झौता

५ बैशाख,काठमाडौ ।
नेपालमा फैलदै गरेको कोरोनाभाइरस (कोभिड-१९)को रोकथामका लागि अत्याबश्य स्वास्थ्य सामाग्री खरिदमा पटक-पटक बिबादमा तानिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फेरी ३ निजि कम्पनी संग खरिद सम्झौता गरेको छ ।स्वास्थ्य सामग्री खरिदको जिम्मा पाइसकेको ओम्नी समूहसँगको सम्झौता भङ्ग गरेको स्वास्थ्य सेवा विभागले तीनवटा कम्पनीसँग खरिद सम्झौता गरेको वताएको छ ।यद्दपी बिबादित बनेको अम्नीले २० करोड रुपैया भुक्तानी भने लिइसकेको छ । कोभिड १९ को उपचारमा खटिने स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), सर्जिकल तथा एन ९५ मास्क लगायतका सुरक्षा सामग्री दुई साता भित्र ल्याउने गरी सम्झौता गरिएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।