४ वैशाख काठमाडौं ।
शिक्षण अस्पताल महाराजगंजमा कार्यरत डाक्टरत्रय शम्भु खनाल,तेज प्रकाश साह र बिकास साह खाना खाएर घर फर्कने क्रममा बाटोमा डिएसी उमेश लम्साल लगायतको टोलीले कुटपिट गरेको घटनालाई लिएर कारबाही गरिएको छ ।चिकित्सकमाथी कुटपिट गर्ने महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपि उमेश खनाल लगायतका प्रहरीहरुलाई कारवाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको छ । सरकारद्वारा घोषित लकडाउन उल्लङ्घन गरेको भन्दै चिकित्सकहरु माथी अभद्र व्यवहार भएको थियो ।महानगरिय प्रहरी कार्यालय, रानीपोखरीका प्रवक्ता एसएसपी श्यामलाल ज्ञवालीलले बिहिवार एक विज्ञप्ती जारी गर्दै घटनाको छानविन गर्नका लागि उनीलगायत घटनामा संलग्न अन्य प्रहरीलाई समेत जिम्मेवारीमुक्त गरीएको जानकारी दिए ।उनीहरुलाई महानगरिय प्रहरी कार्यालयमा झिकाइएको छ भने घटनाको छानविनका लागि यसअघि नै एसएसपी किरण बज्राचार्यको नेतृत्वमा एसपी मुकेश सिंह र डिएसपी होविन्द्र बोगटी सम्मिलित समिती गठन भईसकेको छ ।