नेपालमा कोरोना संक्रमित बढ्दो,पुग्यो १४

बैशाख १,काठमाण्डौ ।
आईतबार नेपालमा ३ जना कोरोना संक्रमित पुष्टी भएको थियो । वीरगंजको मस्जिदमा बस्दै आएका ३ जना भारतीयन नागरिकमा कोरोना पुष्टी भएको थियो । आज नयाव बर्षका दिन पनि दुई नयाँ कोरोना संक्रमित पुष्टी भएको छ ।रौतहटका १९ वर्षका एक युवक र कैलालीका ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मन्त्रालयको नियमित प्रेस ब्रिफिंङमा जानकारी गराउदै पुष्टी गरेका हुन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । एकजना उपचारपछि निको भएर घर फर्किसकेका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा पाँचजना, नारायणी अस्पताल वीरगन्जमा तीनजना तथा शुक्रराज ट्रपिकसल तथा सरुवा रोग अस्पताल टेकु र बाग्लुङमा दुई दुई जनाको उपचार भईरहेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।