प्रधानमन्त्री केपी शर्मा ओलीप्रति कटाक्ष

२३ चैत्र,काठमाण्डौ ।
कोरोना भाइरस (कोभिड-१) ले बिश्व नै तरंगित भैरहेको बेला नेपालमा भने कोरोना रोकथामका लागि चिनबाट किनिएको स्वास्थ्य व्यापक भ्रष्टचार भएको आरोप आईरहेको छ ।
महङ्गो मुल्यमा किनिएको स्वास्थ सामाग्री पनि कम गुणस्तरको पाइएपछी स्वास्थ मन्त्रालयले नै यसको प्रयोग नगर्न निदेशन दिएको छ । यसै बिषयलाइ लिएर सामाजिक सन्जाल लगायत मिडियामा समेत यसको चर्को आलोचना भैरहेको बेला कलाकार दिपक राज गिरीले प्रधानमन्त्री माथि नै व्यंग्य गर्दै फेसबुकमा पोस्ट गरेका छन, उनले प्रधानमन्त्री के पि शर्मा ओलिलाई दोहोरो जिम्मेवारी भएको भन्दै ब्याङ्यात्मक रुपमा लेखेका छन ।“प्रधानमन्त्री लाइ पनि गार्हो नै छ
कोरोना बाट देश र जनता बचाउन तिर लाग्नु कि
भ्रष्टाचारको आरोप बाट पार्टी र साथिहरू लाइ बचाउन तिर लाग्नु ….Good morning, stay safe !!!”

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।