चैत्र २२,काठमाण्डौ ।
अहिले कोरोनाभाईरस (कोभिड-१९)को महामारीले विश्व नै आंतकित छ । विश्वभर ६० हजार भन्दा मानिसहरुको मृत्यु भैईसकेको छ । विश्वका शक्तिशाली राष्ट्रहरु समेत निरासा बन्न थालेको अबस्था छ यसो त कोरोना नियन्त्रणका लागि यतिबेला प्राय:देशहरुमा लकडाउन र कर्फ्यु जारी छ । विश्वका केहि मानिसहरुमा भोकमरी लाग्ने होकी भन्ने डर पनि छ ।
यसैबिच नेपालमा सामन्य लकडाउन मात्र चलिरहेको हो कर्फ्यु लागेकै छैन । मेडिकल,औसधी-उपचार,ग्रोसरी खाध्य साम्रागी किन्न र अत्यावश्यक कामका लागि जनताहरु हिडडुल गर्न पाउने ब्यबस्था नेपाल सरकारले गरेका बेला कर्फ्युकै जस्तो समस्या भने पक्कै हुदैन । तर,लामो समय सम्म लकडाउन चल्दा खाध्ययनको अभाब हुन्छ कि भन्ने चिन्ता चलिरहेका बेला कलाकार बर्षा शिवाकोटीलाई भने कागतीको चिन्ता परेको छ ।
कलाकार बर्षा शिवाकोटीले बजारमा कागतीको अभाब रहेको र आफुलाई दैनिक २ वटा कागती चाहिने भन्दै अब कसरी बाँचु भनेर प्रश्न गर्दै ईन्स्टाग्राममा स्टोरी पोष्ट गरेकी छिन् । यो अहिलेको समयमा अस्वभाबिक हो । अहिलेको समय घर भित्र बसेर आफु पनि बाँच्ने र अरुलाई पनि बचाँउने बेला हो । कागती,गोलभेडा,लसुन र प्याज जस्ता अति सामान्य कुरामा अड्केर अब कसरी बाँच्नु भनेर रोईलो गर्नुको कुनै औचित्य नहोला की बर्षा जी ।
गसिप*







