अपडेट : पोखरामा देखिएको कोरोना पोजेटिभ गलत

२१ चैत्र,काठमाण्डौ ।
शुक्रबार कास्की जिल्ला थप एक जनामा कोरोना पुष्टी भएको भन्ने खबर आएपछि सो खबर गलत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाबी गरेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा कोरोना पोजेटिभको खबर गलत रहेको दाबी गर्दै आज कुनै पनि नयाँ केस पुष्टी नभएको दाबी गरेको छ । तर,पोखराको कास्कीमा कोरोना परिक्षण गर्दा पोजेटिभ भेटिएको गण्डकी प्रदेश सरकारका अर्थमन्त्री किरण गुरुङले गरेका थिए ।पोखरामा पोजेटिभ देखिएको नमुना पुन:काठमाण्डौमा परिक्षण गर्दा नेगेटिभ भएको मन्त्रालयको दाबी हो । उक्त परिक्षण पोखराको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।