अपडेट : सिड्नी पब झगडामा पक्राउ परेका सबै जमानतमा छुटे

  श्यामसुन्दर गिरी

सिड्नी ।
शनिबार राती सिड्नीको हर्षिल स्थित एक पबमा युबाहरुको दुई समुह बिचमा सामान्य बिबाद बाट सुरु भएको घटनाले एक २३ बर्षीय युबा गम्भीर घाईतेका छन् । उनको उपचार कोग्रा स्थित सेन्ट जोर्ज हस्पिटलमा उपचार भैईरहेको छ ।सो घटनामा संलग्घन भएको आंशाकामा पक्राउ परेका चारै जना युबाहरु सोमबार पारामाटा लोकल कोर्टबाट बेल (जमानत) पाएको स्रोत बताउछ । तर,घटना रहस्यमय भएको भन्दै कोग्रा प्रहरीले कुनै निचोड निकालेको छैन । घटना अनुसन्धानकै क्रममा रहेको एनएसडब्लु पुलिस फोर्सले सोमबार जारी गरेको प्रेस रिलिजमा बताएको छ ।

सोमबार नेपाली टिभीका प्रतिनिधिले संग घटनाका दुई प्रत्यक्षदर्शी र पिडितका आफन्तले हस्पिटल परिसरमा प्रत्यक्ष साक्षत्कार गरेको थियो । प्रत्यक्षदर्शीहरुले घटना रहस्यमय तरिकाले नै भएको बताएका छन् । उनीहरुले आफुहरुले घटना स्थलमा जे जे भएको र देखेको सबै सरासर निषपक्ष रुपमा निडर भएर प्रहरीलाई बयान दिएको बताए ।

प्रत्यक्षदर्शी संग कोग्रा प्रहरीले लामो बयान लिएको समेत उनीहरुले बताए । उनीहरुका अनुसार पिटाई खाएका युबा कहिल्यै झै-झगडामा सामेल नभएको,आफुहरुलाई जानकारी भए सम्म कुनै समस्या नभएको र मिलनसार साथी रहेको बताए । उनीहरु प्राय:विकएन्डमा भेटघाट हुदा सामान्य रुपमा ड्रिंक्स मात्र गर्ने गरेको बताए ।

प्रत्यक्षदर्शीका अनुसार झगडा गर्ने समुहलाई पिडित समुहले नचिनेको र एक्कासी पबमा मात्र भेटेको बताएका छन् । यस्तै झगडा गर्न पर्ने खास कारण नरहेको समेत बताए । तर,त्यस्तो घटना घट्ला भन्ने कल्पनै समेत नगरेको प्रत्यक्षदर्शीले बताए ।

उनीहरुले साथीलाई अर्को समुहले आक्रमण गर्न लाग्दा जोगाउदा-जोगाउदै पिडित युबा एक्कासी पछाडी बाट भागेको र आक्रमण गर्ने समुहका एक युबा पनि पिडितका पछि भागेको सम्म देखेको त्यसपछि १०० मिटर पर भएको घटना के भो,त्यो चाँहि देख्न सकिएन,जे हो त्यही बोल्नु पर्छ देखेको यत्ती हो । प्रत्यक्षदर्शीले दुई युबाले एक स्वरमा बताए ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।