गजबको देश नेपाल ! किन छुन सकेन कोरोनाले ?

४ चैत्र,काठमाण्डौ ।
विश्वमा कोरोना भाइरसको संक्रमितको संख्या पौने दुई लाख पुगेको छ । साँढे छ हजार मानिसको मृत्यु भइसकेको छ । तर,चीनको छिमेकी मुलुक,खुल्ला स्थलगत मार्ग हुदा पनि नेपालमा कोरोनाको संक्रमण नभेटिदा विश्व चकित छ ।चीनबाट देखिएको कोरोना भाइरस अहिले युरोप र अमेरिकामा भयावह बन्दैछ । साधन स्रोतले सम्पन्न देशहरुले पनि कोरोना भाइरसको संक्रमणको पूर्ण समाधान गर्न सकेका छैनन् । अहिले विश्वको कोरोना भाइरस संक्रमणसम्बन्धी नक्शामा अधिकांश देश संक्रमित देखाइएको छ । केही देशमा संक्रमण देखिएको छैन । तर, नेपाल मात्र त्यस्तो देश हो जसले संक्रमणलाई पूर्ण समाधान गर्न सकेको छ ।नेपालमा एकजनालाई कोरोना भाइरसको संक्रमण देखिएकोमा ती व्यक्ति संक्रमणमुक्त भइसकेका छन् । यसकारण नेपाल सबै कोरोना भाइरसको केसको समाधान गर्ने देशको सूचीमा एक्लो देखिएको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमणको आशंकामा पाँच सयभन्दा बढी मानिसको परीक्षण भइसकेको छ । त्यसमध्ये एकजनामा मात्र संक्रमण देखिएको थियो । बाँकी सबै संक्रमणमुक्त भेटिएका थिए ।विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अति जोखिम भएको मुलुकको सूचीमा राखेको छ । तर नेपालमा कोरोनाको नयाँ संक्रमण नदेखिनुलाई अभूतपूर्व सफलता मानिएको छ ।यस्तै नेपाल सरकारले नियन्त्रणको उपाय अपनाउन थालेको छ ।

केहि दिन अघि सम्म खुल्ला रुपमै पर्यटनमन्त्री योगेश भट्टराईले भिजिट नेपालका लागि आउन अनुरोध गरे अनुसार ठुलै संख्यामा चाईनिजहरु आउदा सम्म कोरोनाको भाईरस पुष्टी नहुदा नेपाल गबजको देश रहेको अहिले चर्चाको बिषय बनेको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।