रोनाल्डोले आफ्नै होटललाई अस्पताल बनाउँदै !

२ चैत २०७६, आइतवार, एजेन्सी । कोरोना भा’इरसको स’ङ्क्रमण फैलिएसँगै पोर्चुगलका सुपर स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो स्टार होटेललाई अस्पतालमा परिवर्तन गर्न सुरु गरेका छन् । पोर्चुगलमा समेत कोरोनाको स’ङ्क्रमण बढ्न थालेपछि रोनाल्डोले बिरामीको उपचारका लागि आफ्नै होटेललाई अस्पतालमा रूपान्तरण गरेका हुन् । रोनाल्डोले लिस्बनमा रहेको आफ्नो सुविधा सम्पन्न होटेल ‘पेस्टाना सीआर–७’ लाई अस्थायी रूपमा अस्पतालमा परिवर्तन गर्न लागेको अन्तर्राष्ट्रियसञ्चार माध्यमले जनाएका छन् ।रोनाल्डोले होटेललाई सात दिनभित्र अस्पतालमा परिणत गरेर कोरोना सङ्क्रमित बिरामीको निःशुल्क उपचार गर्न लागेको बताइएको छ । रोनाल्डोले बिरामीको उपचार, औषधी, बस्ने र खाने सबै खर्च निःशुल्क गर्न लागेका हुन् । उपचारमा संलग्न डाक्टर, नर्स र प्राविधिकको खर्च पनि रोनाल्डोले व्यक्तिगत गर्नेछन् । फुटबलमा विश्वभर ख्याति कमाएका रोनाल्डो सामाजिक कार्यमा पनि मनकारी छन् । रोनाल्डो खेलाडीको रूपमा मात्र नभई मानवीय गुणले पनि भरिपूर्ण व्यक्ति भएको भन्दै उनको अहिले विश्वभर तारिफ भइरहेको छ ।

इटालीबाट आमालाई भेट्न पोर्चुगल पुगेका रोनाल्डोलाई कोरोना संक्रमण भएको भन्दै घरमै ‘क्वारेन्टाइन’ मा राखिएको थियो । तर प्रशिक्षणपछि उनमा कोरोनाको सं’क्रणम फेला परेको थिएन । पोर्चुगलमा शनिबारसम्म एक सय ६९ जनालाई को’रोना सं’क्रमित भएको पृष्टि भएको छ । अहिलेसम्म कसैको ज्या’न भने गएको छैन ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।