पुर्व मिस नेपाल उषा खड्गीको डिभोर्स,श्रीमानले शारीरिक र मानसिक यातना दिएको आरोप

२ चैत्र,काठमाण्डौ ।
पुर्व मिस नेपाल उषा खड्गीले वैवाहिक सम्बन्ध टुटेको बताएकी छिन् । सन् २००० कि मिस नेपाल खड्गीले शनिबार फेसबुकमार्फत पति जीपी तिमिल्सिनासंगको सम्बन्ध अन्त्य भएको बताएकी हुन् ।उनले लेखेकी छिन् ,‘यदि तपाईंले विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’ ।’उनले सबैलाई सहयोग र मायाका लागि धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’उनले यो स्टेटससँगै आफ्नो अन्तरवार्ताको दुईवटा क्लिपसमेत पोष्ट गरेकी छिन् । एउटा क्लिपमा उनी रोइरहेको पनि देख्न सकिन्छ ।यसअघि उषा र जीपी दुबैले डिभोर्सको चर्चा हल्ला मात्रै भएको बताएका थिए ।उषा र जीपीको एक टेलिभिजन कार्यक्रमका लागि भेट भएको थियो । उनीहरुको चिनजान १९ वर्ष पुरानो हो । यी दुईको अन्तरजातीय विवाह हो । यो जोडीको एक छोरा र एक छोरी छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।