‘कमेडी च्याम्पियन’को शिर्ष उपाधी हिमेश पन्तलाई

३० फागुन,काठमाण्डौ ।
नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ एक कार्यक्रमका बिच घोषणा गरिएको छ । प्रतियोगिताको शिर्ष उपाधि हिमेश पन्तले जित्न सफल भएका छन् ।उनले अन्तिम तीनका दुई प्रतिस्पर्धी सुमन कोईराला र खड्ग बहादुर पुनलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्। यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए । मगर र कोइराला भने भोटबाट छानिएका हुन् ।सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । हिमेश केहि समय अघि उनले दिएको प्रस्तुतीका कारण बिबादमा समेत तानिएका थिए । पन्तले नगद २५ लाख सहित कार सहित बिभिन्न पुरष्कार जितेका छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।