१३ मार्च,एजेन्सी ।
विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटलबरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् ।इटालियन क्लब युभेन्ट्सका टिममेट ड्यानिए रुगानीलाई कोरोना भाइरसको संक्रमणको खबरपछि रोनाल्डो आफ्नो देश पोर्चुगलको मडेइरामा क्वारेन्टाइनमा राखिएका हुन् ।३५ वर्षीय रोनाल्डो आफ्नो आमालाई भेट्न पोर्चुगल पुगेका थिए ।रुगानीको खबर सुनेपछि उनी उत्तरी इटली जानु सट्टा आफ्नै घरमा रहेका हुन् ।गत साता इन्टर मिलानविरुद्धको खेलमा युभेन्ट्सले २-० को जित हात पारेपछि टिम फोटोमा रोनाल्डो र रुगानी पनि थिए ।सामाजिक सञ्जालमा मिरालेम पिजानिकले पोष्ट गरेको उक्त फोटोमा रोनाल्डो र रुगानी दुवैले खुशी मनाइहेका थिए । रुगानीसंग भेट गरेका दुवै टिमका खेलाडीहरुले अब क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ । रुगानी उक्त खेलमा बेन्चमै रहेको भएर धेरैसंग उनले भेट गरेका थिएनन् ।रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।