ठगीको समचारपछि अनमोलले गर्ने भए पैसा फिर्ता

२५ फागुन,काठमाण्डौ ।
गत साता नायक अमोल केसीले एक चलचित्रका निर्माता संग फिल्म खेल्छु भनेर बैनाहा स्वरुप ५ लाख रुपैया लिएर ठगी गरेको समचार आएपछि केसीले उक्त पैसा फिर्ता गर्ने जनाएका छन् ।अनमोलले आफ्नो कारण नभई स्वयंम फिल्म ‘धुपौरे’ निर्माण टिमको गल्तिको कारण घटना सृजना भएको दाबी गर्दै कुनै पनि बेला पैसा फिर्ता लिन सक्ने सामाजिक संजालमा लेखेका छन् ।फेसबुक पेजमा स्टाटस लेख्दै अनमोलले आफु काठमाडौं बाहिर रहेको समयमा ठगी आरोप लागेको समाचार मिडियाबाट सुनेको भन्दै स्तब्द भएको बताएका छन् । लामो स्पष्टिकरणमा अनमोलले फिल्मको स्कृप्टमा परिमार्जन ल्याउन पटक पटक आग्रह गर्दा निर्माण टिमले बेवास्ता गरेको र सिधै फ्लोरमा जान तयार भएकोले आफु बरु पैसा फिर्ता गर्ने तर सोहि स्कृप्टमा काम गर्न तयार नभएको बताइसकेको समेत जोडेका छन् ।

‘करीब ३-४ महिना पहिला “धुपौरे” नामक सिनेमाको साइन गरेको थिएँ । फिल्म साइन गरे बापत फिल्मका निर्माताले साइनिङ्ग अमाउण्टको रुपमा रु. ५ लाख दिनु भएको थियो उनले लेखेका छन्, ‘यहाँहरु सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । “धुपौरे” साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रीप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रीप्टमा थप काम गर्न आग्रह गरें । स्क्रीप्टमा थप मेहनत गरेर अझै राम्रो सिनेमा बनाऊ भन्नु के मेरो गल्ती हो र ?’अन्तिममा अनमोलले आफु जुनसुकै समयमा पनि उक्त पैसा फिर्ता गर्न तयार रहेको भन्दै आफु राजधानीबाहिर रहेको समयमा चरित्रहत्या गर्न खोजेकोमा दुःख व्यक्त गरेका छन् । अनमोल यतिबेला फिल्म ‘ए मेरो हजुर ४’ को सुटिङमा पोखरामा व्यस्त छन् ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।