वाणिज्य विभागको कारबाहीमा बिग मूभिज

काठमाडौं, २२ फागुन । वाणिज्य विभागले बिग मूभिज मल्टिप्लेक्सलाई कार्वाही गरेको छ ।विभागको टोली बुधबार दिउँसो कमलपोखरस्थित हलमा पुगेको विभागको टोलीले बजार मूल्यभन्दा बढीमा खाना र पेय पदार्थ बेचेको आरोपमा कारवाही गरेको हो ।७० रुपैयाँ पर्ने कोकलाई सयभन्दा बढी मूल्यमा बेचेको पाइएको थियो ।सोहि कसुरमा बिग मूभिजलाई २ लाख ५० हजार जरिवाना गरिएको छ । ठगीको आरोपमा यो मूभिजलाई कारवाही भएको चौंथो पटक हो ।लामो समयदेखि फिल्म हलको पेय र खानाको गुणस्तरमा उपभोक्ताले गुनासो गर्ने गरेकोमा उपभोक्ता को उजुरी अनुसार कारवाही गरिएको हो ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।