च्याम्पियनको फाईनलमा सुमनको दलेदाई २ आउने

१६ फागुन, ईटहरी ।
कमेडीको ईतिहासमा नेपालको पहिलो टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियन यतिबेला फाईनलको चरणमा प्रवेश गरेको छ । फाईनल प्रबेश गरेसँगै च्याम्पियनको मञ्चबाट दलेदाईको उपनामले चिनिएका सुमन कोईराला यतिबेला गृहनगर ईटहरी आईपुगेका छन् । बिभिन्न कार्यक्रममा सहभागिता जनाउदै भोट अपिल गर्न उनि ईटहरी आईपुगेका हुन ।भोटका कारणले शोबाट बाहिरिए पनि फेरी वाईल्ड कार्ड ईन्ट्री बाट धमकेदार प्रस्तुती दिदै आएका सुमन कमेडी च्याम्पियनको फाईनलिष्ट हुन् । शुक्रवार ईटहरी उपमहानगरपालिकाको सभाहलमा भोट अपिल सहितको पत्रकार सम्मेलनको आयोजना गरिएको थियो ।

जहाबाट सुमनले अहिले सम्म सहयोग गर्नै सम्पूर्णलाई धन्यवाद दिदै अब फेरी भोट गर्न आग्रह गरे । शोमा उनका हरेक प्रस्तुतीले दर्शकको मात्र हैन निर्णायकहरुको समेत मन जित्दै आएको छ ।समुन फाईनलमा हिमेश पन्त र खड्ग बहादुर पुन मगर संग प्रतिष्पर्धा गर्दैछन । शोको बिजेताले पाउने छन् २५ लाख नगद, २५ लाख बराबरको कार र विश्व भ्रमण । सोको फर्म्याट अनुसार उत्कृष्ट १५ देखि यता कुनै जर्जको निर्णयका आधारमा नभई भोटिंगको सम्पूर्ण अघिकार दर्शकहरुको हातमा सुम्पिदै आईएको छ ।

नेपाली टिभीको न्युज पढ्नका लागि एपबाट खोल्नुहोस् ।
एन्ड्रोइड डाउनलोडका लागि र आईफोन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस् ।